३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

राजधानीको फोहर व्यवस्थापनको लागि प्राधिकरण


प्रकाशित: विहिवार, १६ जेठ २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । राजधानीको फोहर व्यवस्थापनको लागि अधिकार सम्पन्न प्राधिकरणको आवश्यक रहेको सरोकारवालाहरुले जनाएको छ । 


खानेपानी सचिव दीपेन्द्रनाथ शर्माले उपत्यकाको फोहर व्यवस्थापन गर्न प्राधिकरण स्थापनाको सोच अघि सार्ने बताएका छन । 


वाग्मतीलगायत उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानका अभियानकर्मीसँग खानेपानी मन्त्रालयमा भएको उनले सो कुरा बताउँदै राजधानी शहरमा फोहर व्यवस्थापन चुनौती बनिरहेको भनाई राखे । 


शर्माले प्रदूषणबाट सभ्यताको स्रोत नदी संरक्षण गर्न अप्ठ्यारो भइरहेका बेला नागरिकस्तरबाट वाग्मतीलगायत नदी सफाइ शुरु भएको यो अवस्थामा फोहर व्यवस्थापनमा पनि ध्यान दिनु आवश्यक रहेको बताए । 


उपत्यकाका महानगरपालिका र नगरपालिकाबीच ढल बिच्छ्याउँदा समन्वय नहुँदा सफाइ चुनौती बन्न पुगेको उनको भनाई छ । 


मेलम्ची खानेपानी आयोजनाले ३५ लाख मानिसलाई मात्र सेवा दिने बताउनुहुँदै सचिव शर्माले ग्रामीण भेगमा आठ÷दश घण्टा हिँडेर पानी लिन जानुपर्ने बाध्यता रहेको बताए । 


कार्यक्रममा सफाइ अभियानकर्मी डा राजु अधिकारी, माला खरेल, प्रमिला पौडेल, चित्र सुनुवार, शोभाकान्त पाण्डे, रोहित गिरी, चक्रबहादुर चन्द, बेवी थापालगायतले सरसफाइसमेत कार्यक्षेत्र भएको खानेपानी मन्त्रालयले नदी सफाइका क्षेत्रमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex