५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

राजधानीको दुई सहकारी, वल्र्डलिंक कार्यलय, जुत्ता घर प्रा.लि.मा चोरी, १६ लाख बरावरको धनमाल चोरी


प्रकाशित: बिहिबार, १० साउन २०७५, २१ः५४ बजे
- महानगरखबर

काठमाडौं । राजधानीको दुई सहकारी, वल्र्डलिंक कार्यलय, जुत्ताघर प्रा.लि., यामाहा मोटरपार्टबाट १६ लाख बराबराको धनमाल चोरी भएको छ ।

 
चन्द्गागिरी नगरपालिका–११ सतुङगल बस्ने श्रीकृष्ण श्रेष्ठको घरमा रहेको सहकारी संस्था, वल्डलिंक ईन्टरनेटको कार्यालय र यामाहा मोटरपार्ट गरी ३ वटा कार्यालयहरूबाट गएराति नगद ९० हजार रुपैयाँ र विभिन्न कम्पनीका ल्यापटप ४ थान गरी करीब ४ लाख ३९ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । 


यसैगरी काठमाडौं महानगरपालिका–३ स्थित दिनेश तिमिल्सिना समेत ३ जनाले सञ्चालन गरेको नेपाल जुत्ता घर प्रा.लि., स्माइल स्क्यर डेन्टल केयर र नेशनल बचत तथा ऋण सहकारी संस्थाबाट गरी नगद १२ लाख २० हजार रुपैयाँ गएराति चोरी भएको छ ।

 
फरार चोरहरुको खोजतलास गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex