१५ बैशाख २०८१, शनिबार
Header

राजदूत डा.अन्जान शाक्यलाई सुन व्यवसायीद्धारा बधाई तथा सम्मान


प्रकाशित: आईतबार, ६ माघ २०७५, ०८ः३० बजे
- महानगरखबर

काठमाडौं । इजरायलका लागि नियुक्त राजदूत डा. अन्जान शाक्यलाई शनिवार सुन व्यवसायीहरुद्धारा बधाई तथा सम्मान गरको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी व्यवसायी काठमाडौ सघंद्धारा सयुक्त रुपमा सम्मा तथा बधाई कार्यक्रममा राजदुूत शाक्य सम्मानित भएको हो । 


राजदूत शाक्यले इजरायलको तिव्र विकास र प्रविधि नेपालका लागि उपयोग हुन सक्ने बताए । उनले आफू ईजरायलमा गएर आफ्नो कार्यकाल सम्मालेपछि त्यहाँको विकासपद्धतीका अनुभव नेपालको लागि प्रयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । 


त्यसैगरी नेपाल र इजरायलवीच आपसी कुटनीकि सम्बन्धलाई थप बलियो बनाउन सक्दो प्रयास गर्ने समेत बताए । 


सो बधाई तथा सम्मान कार्यक्रममा राजुदूत शाक्यलाई सुनचाँदी ब्यवसायी महासंघ र काठमाडौं संघको तर्फवाट दोसल्ला तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । 


सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष मोहन कुमार सुृनारले सो कार्यक्रममा सुनचाँदी ब्यवसायको समस्याहरु बताए थिए । उनले राज्यको प्रष्ट नीति निर्माण नहुँदा व्यवसाय गर्न कठिनाई भएको बताएका थिए ।


त्यसक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले राजदुत शाक्यले नेपाल र इजरायलवीचको ब्यापार प्रवद्र्धन एवं प्रविधि हस्तान्तरणमा महत्वपूर्ण टेवा पु¥याउने विचार ब्यक्त गरे । 


कार्यक्रममा सभाषद् कृष्णगोपाल श्रेष्ठ, अजयक्रान्ति शाक्य, महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शक्य, विशिष्ट सदस्य तजरत्न शाक्य, उपाध्यक्ष दियसरत्न शाक्य, महासचिव धर्मशुदर वज्राचार्य, कोषध्यक्ष एवं काठमाडौं संघका अध्यक्ष महेन्द्रंरत्न शाक्य, सचिव किरणभाई वज्राचार्यले राजदूत शाक्यलाई बधाई तथा शुभकामना दिएका थिए । 

 

 

 


 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD