१४ बैशाख २०८१, शुक्रबार
Header

राजतन्त्रको नाममा राजनीति गर्नेहरु ‘डाइनोसर’ हुनेः मन्त्री बाँस्कोटा


प्रकाशित: विहिवार, ५ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजतन्त्रको नाममा राजनीति गर्नेहरु डाइनोसर हुने बताएका छन । 


मन्त्री बास्कोटाले पूर्वराजाका नाममा राजनीति नगर्न आग्रह गर्दै विहिवार पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन । 


मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘अब मरेको राजतन्त्रले फँणा उठाउन सक्दैन । राजाका नाममा राजनीति गर्नेहरु डाइनोसर हुनेछन । चिहानमा आरधना गरेर राजतन्त्र फर्किन सक्दैन ।’


पत्रकारहरुको जिज्ञासामा मन्त्री बास्कोटाले राजा आउने हाउगुजी नदेखाउन आग्रह गरे । राजतन्त्र चाहिन्छ भन्नेहरुलाई त्यो नसोच्न आग्रह गर्दै भने, ‘त्यसकारण डाइनोसर डाइनोसर डाइनोसर ।’


मन्त्री बाँस्कोटाले लोकतन्त्र रक्षाको लागि सबै एकजुट हुनु पर्नेमा जोड दिँदै नेपालको विकास र समृद्धिमा लाग्नुपर्ने बताए । 


पछिल्लो समय नेपालमा राजतन्त्र फर्काऊ अभियान चलेपछि राजनीतिक बृतमा यसको चर्चा र आलोचना हुन थालेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD