१० भाद्र २०८३, बुधबार
Header

राजकीय सम्मानका साथ नेम्वााङको अत्येष्टी गरिने, सो दिन शोक विदा


प्रकाशित: मंगलवार, २६ भाद्र २०८०, २०ः३० बजे
- महानगरखबर

काठमडौं । संविधानसभा अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य स्व. सुवास नेम्वाङको विहिवार राजकीय सम्मानका साथ आर्यघाट पशुपतिमा अन्तेष्टी गरिने भएको छ । 


विहिवार सरकारले देशभर सार्वजनिक शोक विदा दिने भएको छ । नेम्वाङको अन्तिम संस्कार बिहीबार बिहान ११ बजे हुने भएको हो । 


यस्तै त्यस दिन राष्ट्रिय झन्डा आधा झुकाइने, देशभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा बिदा हुने र ती कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने भएको हो । 


प्रतिनिधि सभा सदस्य तथा नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको हो ।  


उनको पार्थिव शरीरलाई मंगलबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । पार्टी कार्यालयमा भोलि दिउँसो १ बजेसम्म राखिनेछ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex