७ भाद्र २०८३, आइतबार
Header

राखेपले टी – २० छनौट खेलाडी तथा प्रशिक्षकलाई दुुई करोड नगद पुरस्कारको सिफारिस गर्ने


प्रकाशित: मंगलवार, २१ कातिक २०८०, २०ः२५ बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ ।


राखेपले १५ खेलाडी तथा समान १/१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो । 


राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफासिर गरिएको छ ।


गत आइतबार सम्पन्न आइसीसी पुरुष टी– २० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्व कपमा स्थान पक्का गरेको थियो।


यसअघि सोमबार बसेको नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले नेपाली टिमलाई ५० लाख रूपैयाँ पुरस्कार दिने निर्णय गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex