७ भाद्र २०८३, आइतबार
Header

रस मन्जरी कार्यशाला सम्पन्न


प्रकाशित: सोमबार, २ असार २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । नासः कल्चर सेन्टर र रेन्बो जुम्बा डान्स स्टुडियोको संयुक्त आयोजनामा  शास्त्रीय नृत्य कत्थक कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।  


रस मन्जरी शिर्षकमा सम्पन्न  कार्यशाला गोष्ठी यही  जेष्ठ २७ देखि ३२सम्म गरी पॉच दिन भएको थियो ।  


सो कार्यशालामा  १२ जना नृत्यकर्मीहरु सहभागी भएका थिए  । कार्यशालाका लागि भारतका कत्थक नृत्यविद् नन्दिनी सिंह मूल स्रोत ब्यक्तिका रुपमा रहेका  थिए भने उनलाइ सहयोगीका उनका  शिष्घ लीना मालाकारले साथ  दिएकी थिइन ।

 
लीना भारतमा कत्थक ज्ञान हासिल गरेकी नृत्याङ्गना हुन ।


रस मन्जरी  शिर्षकमा सम्पन्न कार्यशाला को  आयोजना नासस् कल्चर सेन्टर र रेन्बो जुम्बा डान्स स्टुडियोको  संयुक्तआयोजनामा सम्पन्न भएको हो  ।  


शनिबार  ज्यापु प्रज्ञा भवनमा सम्पन्न समापन कार्यक्रममा  सॉस्कृतिक संस्थान महाप्रबन्धक राजेश थापा को विशेष उपस्थिती रहेको थियो भने  नृत्य निर्देशक संघका केन्द्रीय अध्यक्ष नृत्य निर्देशक भुवन श्रेष्ठ अनि वरिष्ठ नृत्य कलाकार नारायण देवी प्रधान लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए भने रसमन्जरी कार्यशालामा सहभागी हरुलाई मूल प्रशिक्षक नलिनी सिंहले प्रमाणपत्र प्रदान गरेका थिए । 


त्यसै गरी  नारायण देवी प्रधानले रसमन्जरी कार्यशाला सम्पन्न गर्न सहयोग गर्ने विभिन्न व्यक्ति हरुलाई आयोजक संस्थाका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex