काठमाडौं । रसुवा जिल्लाको गोसाईकुण्ड गाउपालिकाको टमुरे प्रवेशद्धारा गएको पहिरोले ४ जानको ज्यान गएको छ भने ११ बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बर्षापछि गएको पहिरोले स्थानीय प्रहरी पोस्ट र होटल पुरिएका छन । साथै सो पहिरोमा परि ४ जना घाइते समेत भएका छन ।
रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार अहिले सम्म सो पहिरोमा परेकाहरुको पहिचान हुन नसकेको जनाएका छ ।
प्रहरीको अनुसार बजार क्षेत्र भएकाले स्थानीयका अलावा यात्रु, यातायात व्यवसायीको मृत्यु भएको हनुसक्ने अनुमान गरिएको छ ।
उद्धार कार्य जारी रहेको प्रहरीेले बताएका छन् । सो पहिरोमा ट्रक तथा कन्टेनरहरु पनि पुरिएको बताईएको छ ।
घटनास्थल सदरमुकाम धुन्चेबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ ।
Categorized in समाज