काठमाडौं । सहकारी प्रकरणमा मुद्दा दायर भएका पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् ।
सोमवार संघीय संसद् सचिवालयले सूचना जारी गर्दै लामिछाने पदबाट निलम्बित भएको जानकारी गराएको हो ।
सुचनामा भनिएको छ ,,‘‘सम्पत्ति शुद्धिकरण ९मनी लाउन्डरिङ० निवारण एने, २०६४ को दफा २७ अनुसार थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ भन्ने व्यवस्था रहेकाले सो कानुनी व्यवस्थाको प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ । ,’
लामिछाने चितवन क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित सांसद हुन ।
आइतवार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेविरुद्ध सम्पत्ति शुद्धिकरण, संगठित अपराध र सहकारी ठगीसमेतमा गरी तीनवटा मुद्दा दायर गरेको थियो ।
संविधानको धारा १०३ मा प्रतिनिधि सभाका कुनै सदस्य फौजदारी अभियोगमा पक्राउ परे सभामुखलाई तत्काल जानकारी गराउनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुरुप आइतबार नै कास्की प्रहरीले संसद् सचिवालयलाई पत्र लेख्दै मुद्दा दर्ता भएको जानकारी गराएको थियो ।
लामिछाने गत २ कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।
संसद सचिवालयको सुचना हेर्न क्लिक गरौं

Categorized in सहकारी