१५ बैशाख २०८१, शनिबार
Header

रवि लामिछाने धरौटी बुझाएर छुटे


प्रकाशित: सोमबार, ९ भाद्र २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । चर्चित संचारकर्मी रबि लामिछाने आदालतलाई ५ लाख धरौटी बुझाएर छुटेका छन । 


लामिछानेसँगै पत्रकार युवराज कँडेलले पनि अदालतको आदेश अनुसार ३ लाख धरौटी बुझाएर रिहा भएका छन । 


रविले रिहा भए लगत्तै सञ्चारकर्मी लामिछानेले आफूप्रति सहानुभूति प्रकट गर्नेहरुलाई धन्यवाद दिएका छन ।

 

अदालतको आदेशपछि काठमाडौंको बानेश्वरमा रविका समर्थकहरुले अबिर जात्रा गरेका छन । उनीहरुले एक अर्कामा अविर जात्रा गरेर खुशियाली साटासाट गरेका छन ।

 
लामिछानेसँगै पक्राउ परेका युवराज कँडेललाई ३ लाख धरौटी माग गरिएको छ भने नर्स अस्मिता भनिने रुकी कार्कीलाई साधारण तारेखमा छाड्न सोमबार आदेश दिएको हो । 


पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका उनीहरुको सोमबार चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर छाड्न आदेश दिएको हो ।


धरौटी बुझाएपछि उनीहरु थुनामुक्त हुने अदालत स्रोतले बताएको छ । १० दिनसम्म थुनामा राखेर अनुसान्धान गरेपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको थियो । 


लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’ का पूर्व संवाददाता रहेका पूडासैनी २० साउनमा चितवनका एक होटलमा मृत अवस्थामा भेटिएको थियो । 


पुडासैनीले आत्महत्या पूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरिएको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD