८ बैशाख २०८१, शनिबार
Header

रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएपछि काठमाडौंमा अविर जात्रा


प्रकाशित: सोमबार, ९ भाद्र २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । चर्चित पत्रकार रवि लामिछानेलाई जिल्ला अदालत चितवनले ५ लाख धरौटी माग गर्दै छाड्ना आदेश गरेको छ ।

 
अदालतको आदेशपछि काठमाडौंको बानेश्वरमा रविका समर्थकहरुले अबिर जात्रा गरेका छन । उनीहरुले एक अर्कामा अविर जात्रा गरेर खुशियाली साटासाट गरेका छन ।

 
लामिछानेसँगै पक्राउ परेका युवराज कँडेललाई ३ लाख धरौटी माग गरिएको छ भने नर्स अस्मिता भनिने रुकी कार्कीलाई साधारण तारेखमा छाड्न सोमबार आदेश दिएको हो । 


पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका उनीहरुको सोमबार चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर छाड्न आदेश दिएको हो ।


धरौटी बुझाएपछि उनीहरु थुनामुक्त हुने अदालत स्रोतले बताएको छ । १० दिनसम्म थुनामा राखेर अनुसान्धान गरेपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको थियो । 


लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’ का पूर्व संवाददाता रहेका पूडासैनी २० साउनमा चितवनका एक होटलमा मृत अवस्थामा भेटिएको थियो । 


पुडासैनीले आत्महत्या पूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरिएको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD