२८ भाद्र २०८१, शुक्रबार
Header

रविलाई समितिको ५० प्रश्न, गोर्खा मिडियामा पैसा आएको थाहा नभएको बयान 


प्रकाशित: शुक्रवार, ७ भाद्र २०८१, २१ः३० बजे
- महानगरखवर

काठमाडौं । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक र पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग हकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले बयान लिएको ।


समितिले शुक्रवार करिब साढे ४ बजेदेखि सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बयान लिएको हो र बयान साँझ सम्म जारी नै रहेको थियो ।


समितिले उनलाई सोध्न ५० वटा प्रश्न तयार गरेको समितिका संयोजक सूर्य थापाले बताएका छन । 


‘५० वटा प्रश्नहरू छन। आधा भन्दा थोरैमा छौं। थप जारी नै छ । उहाँले बुटवलको साहारा, पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट प्रवाह भएको ऋणमा आफ्नो नागरिकता लगायत कागजात समावेश नभएको स्पष्ट पार्नुभएको छ,’ उनले भने, ‘कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने विषय राख्नुभएको छ ।’


उनलाई गोर्खा मिडिया नेटवर्क प्रालि र उक्त संस्थाका संस्थापक जिबी राईसँगको सम्बन्धबारे बुझ्न बोलाइएको थापाले बताए । 


बयानको क्रममा लामिछाने प्रबन्ध निर्देशकको रूपमा दैनिक काम गरेको र आर्थिक जिम्मेवारी जिबी राईले नै जुटाउने गरेकोे बताए । यसबारे राईलाई नै थाहा हुने लामिछानेको भनाइ छ ।


लामिछानेले विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा कसरी रकम आयो भन्नेबारे आफूलाई जानकारी नरहेको जवाफ दिएको थापाले उल्लेख गरे । गोर्खा मिडियाको आर्थिक व्यवस्थापनको पाटो आफूलाई जानकारी नरहेको लामिछानेले जवाफ दिएको थापाले बताए ।


त्यसअघि गोर्खा मिडियाकै पूर्व संस्थापक तथा पूर्व डिआइजी छविलाल जोशीसँग पनि समितिले सोधपुछ गरेको थियो। 


समितिले बिहान ११ बजेदेखि उनको बयान लिएको थियो। जोशीले लिखित बयानमा हस्ताक्षर गरेर फर्किएका थिए । 

asteriskhubs
Home Page Bottom Second


chunikhel ad
maharjan complex