काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई फेरि प्रहरी हिरासतमा पठाइएको छ।
काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको हिरासतमा लगिएको हो ।
उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो ।
गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा भएको मुद्दामा आज बयान सकिएको हो ।
आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो । भोलि सोमवार बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।
Categorized in सहकारी