काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले १५ दिन म्याद थप गरेको छ ।
भीमलाल बेलबासेको इजलासले रविलाई उक्त म्याद थप गरेको हो । पछिल्लोपटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
अहिले उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा करिब ५ करोड रुपैयाँ लगेको भन्दै भन्दै मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध उजुरी परेको छ ।
त्यसैगरी, चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप रवि लामिछानेलाई जिल्ला अदालत चितवनले मंसिर ७ गते रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि उनी २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।
रास्वपाले भने लामिछानेको पक्राउलाई राजनीति प्रेरित भएको दाबी गर्दै आएको छ ।
Categorized in सहकारी