५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

रत्पनपार्कदेखि सूूर्यविनायक सम्म द्रुत बस सेवाको शुुभारम्भ (तस्वीरहरु)


प्रकाशित: बुधवार, ३ असोज २०८०, ११ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूूर्यविनायक सम्म बुधवारबाट द्रुत बस सेवाको सुुभारम्भ गरिएको छ । 


आज विहान संविधान दिवसको अवसर पारेर काठमाडौंको शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उदघाटन गरी सेवा शुुभाारम्भ गरेका हुन ।

 


बसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वाला, बागमती प्रदेशका यातायातमन्त्री लक्ष्मण लम्साल, काठमाडौं महानगरपालिका मेयर बालेन शाह तथा मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाका मेयरहरु चढेर यात्रा गरेका छन ।


सर्वसाधरणले विहिवारदेखि २५ वटा वसबाट यो सेवा पाउने भएको छ । द्रुत वस सेवा काठमाडौंमा पहिलो पटक प्रयोगमा आएको हो ।

 


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुका अनुसार द्रुत बस सेवा ४५ मिनेटमै रत्नपार्कबाट सूर्यविनायक पुग्नेछ ।

 
द्रुत सेवाका बसहरु दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने छन ।


रत्नपार्क र सूर्यविनायक दुवैतर्फबाट ५/५ मिनेटको फरकमा छुट्नेछन । ती बसहरु सडकमा रातो रंगले पोतिएको लेनमामात्र चल्ने छन । 

 


यो बस ट्राफिकको रातो बत्तीमा रोकिँदैनन ।  एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउँछन । कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाउँछन । 


पनेरूका अनुसार सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहन्छन्। रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टप रहन्छ ।



तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex