काठमाडौं । बहृत नागरिक आन्दोलनले मिटरब्याजी पीडितमाथि भएको प्रहरी दमन विरुद्ध ‘मानव अधिकार मार्च पास’ निकालेको छ ।
आन्दोलनले बुधवार दिउँसो रत्नपार्कको शान्तिबाटिकाबाट बृहत मार्च पास निकालेको हो ।

सो मार्च पास नयाँबानेश्वरस्थित संसद भवनसम्म जाने कार्यक्रम रहेको आन्दोलनले जनाएको छ ।
मंगलवार नागरिक आन्दोलने एक विज्ञप्तजी जारी गरी बैशाख ४ गते सोमवार शान्तिबाटिकामा मिटरब्याज पीडितहरुमाथि प्रहरीले गरेको अनावश्यक दमन, कुटपिट तथा नियन्त्रणमा लिएर गरिएको यातनाको विरोधमा सो मार्च पास गरिएको हो ।

मीटरव्याजी पीडितहरुले केही समयदेखि राजधानी आएर सरकारलाई आफ्नो माग पुरा गराउन आन्दोलनरत रहेको छ ।
सरकारसँग बार्ता भएपनि बार्ता असफल हुँदा पीडितहरुले आफ्नो आन्दोलनलाई चर्को बनाउन थालेको छ ।


तस्वीर तथा भिडियोः बिज्जु श्रेष्ठ/महानगरखबर
Categorized in राष्ट्रिय