८ बैशाख २०८१, शनिबार
Header

रत्नपार्कको भित्ते लेखन मेटिएको प्रचारवाजी बारे शाक्यले भने – ‘कानुन विपरीत हो’


प्रकाशित: मंगलवार, २२ असार २०७८, १४ः४५ बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रत्नपार्कको भित्ते लेखन महानगरपालिकाले मेटिएको भन्दै गरिएको प्रचारवाजी कानुन विपरीत भएको बताएको छ । 


शाक्यले भने, ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकालको कानुन–नीतिलाई उल्लङ्घन गर्न पाइन्न । जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ ।’ 


नगरसभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि भएको कुराकानीमा शाक्यले कानुन–नीति र सर्वोच्चको फैसलालाई सबैले पालना गर्नुपर्नेमा बताएका छन । 


शाक्यले ‘कोभिड फ्रन्टलाइनर’ हरुको सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको गरेको र आफ्नो ‘कार्टुन बनाएर  प्रचार पनि गरिएको सुनाए । 


सर्वोचको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लङ्घन गरी जथाभावी भित्तेचित्र कोर्न नपाउने भने । ०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरु, भित्तेलेखन, पोष्टर, पम्पेटलगायतका सामग्री नराख्न र राखेका सामग्री हटाउन आदेश दिइसकेको छ । 


महानगरपालिकाको विज्ञापन निर्देशिकाले विज्ञापन, प्रचार सामग्री र भित्तेलेखनमा रोक लगाएको छ । सर्वोच्चको आदेशलाई कार्यान्वय गर्दै विगतमा पनि त्यस्ता सामग्री हटाउने काम भएको हो उनले भने  । 


यस अघि पनि दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, वीर अस्पताल अगाडि, नेशनल ट्रेडिङलगायतका स्थानका भित्तामा लेखिएका सामग्री हटाएको जानकारी बताए । 


उनले गएका चुनावका समयमा राजनीतिक दलले आफू अनुकुल नारा लेखेर प्रचार गर्न सक्थे नि, किन गरेनन ? म आफैँ पनि मेयरको उम्मेदवार थिएँ नि ? खै त लेखिएन, मेयर शाक्यले विधिको पालना गर्ने दायित्व पूरा गर्न यस्तो काम नगरकोमा जोड दिए । 


स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरुको मनोवल उच्च बनाउन सहकार्य आवश्यक छ । निधेष गरिएको स्थानमा कोरेको भित्तेचित्रले मात्रै उहाँहरुको सम्मान नहुने प्रमुख शाक्यको भनाई थियो ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD