२६ बैशाख २०८१, बुधबार
Header

रत्नपार्कको बागबजारस्थित आकाशे पुलमा वाल गार्डेन, हेरौं तस्वीरहरु


प्रकाशित: बुधवार, २१ चैत्र २०८०, १८ः१० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले रत्नपार्कको बागबजारस्थित पुल तलको वालमा वाल गार्डेन सुरु गरेको छ । 


बुधवार महानगरले पार्क तथा हरियाली प्रवर्धन आयोजनाले आज २ सय वटा फूल र लहरा वोटका विरुवा रोपेका छन ।


आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो । 

 


आयोजनाका प्रमुख नवराज थापाका अनुसार फूलमा बेगमबेली र स्वस्थानी फूल (भेरेस्ता) रोपिएको हो ।


यो जातको फूल ४ देखि ६ महिनासम्म फुलिरहन्छ । यी विरुवा बढ्दै जाँदा काँटछाँट गरेर मिलाउँदै जानुपर्छ । यसबाट आफूले चाहेको आकार र स्वरुपको बनाउन सकिन्छ । 


यी आकाशे पुलका भित्ताहरु साढे ३२ मिटर लामा छन । भित्ताको जमिन सतहमा खाडल खनेर फूलका विरुवा रोपिएको हो । 

 


लहराउने विरुवालाई गमलामा झुण्ड्याइएको छ । यसमा विरुवा लहराउन भित्ताभरि २र२ वर्गमिटरका जालीदार बार बनाइएको छ । 


९ लाख ५६ हजार लागतमा वाल गार्डेनको कार्य सम्पन्न गरेको आयोजनाले जनाएको छ । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD