काठमाडौं । उत्पादन मुलुक जमिन बाँझो राख्नेलाई रत्ननगर नगरपालिकाले बाँझो जमिन राख्नेलाई कार्वाही सुरु गरेको नगर प्रमुख नाराण वनले बताएका छन् ।
जमिन बाँझो राख्नेलाई प्रति कट्टा पाँचसयको दरले जरिवाना गर्ने गरेको छ । नगरपालिका अनुसार बाँझो जमिन राख्नेहरुबाट कार्वाही स्वरुप एक लाख ३६ हजार राजश्व संकलन गरेको छ ।
नगरपालिकाको वडा. नं. १४ का धेरै जग्गा खाली रहेको पाइएपछि वडा अध्यक्ष हरिकुमार श्रेष्ठले कारवाही अभियान थालेको हो ।
त्यसैगरी उक्त नगरपालिकाले यहाँको सरकारी जग्गाको संरक्षण अभियानसमेत अगाडि बढाएको जग्गा संरक्षण समितिका संयोजक हरिकुमार श्रेष्ठले बताएका छन् । श्रेष्ठका अनुसार अहिलेसम्म करीब ३० विगा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरिएको छ ।
Categorized in समाज