काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरबाट दुई जना कर्मचारी घुससहित पक्राउ परेका छन ।
कार्यलयका नायब सुब्बा र लेखापरीक्षकलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नायब सुब्बा डोर प्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठलाई पक्राउ गरेको हो ।
आयोगले उनीहरुलाई सेवाग्राहीसँग पाँच हजार रुपैयाँ घुस लिनेरदिने क्रममा नियन्त्रणमा लिएको जनाएको छ ।
नायब सुब्बा पन्थीले अभिलेख अध्यावधिक गर्नका लागि आउने अख्तियारवाला व्यक्तिहरूबाट काम सहज गरिदिए बापत घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियारले अनुसन्धान थालेको थियो ।
अख्तियारले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
Categorized in समाज