२३ बैशाख २०८१, आइतबार
Header

रजनी श्रेष्ठले जितिन शारीरिक सुगठनमा स्वर्ण


प्रकाशित: मंगलवार, १९ भाद्र २०८०, २०ः२० बजे
- महानगरखबर

काठमाडौं । रजनी श्रेष्ठले शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा मंगलबार स्वर्ण जितेकी छिन ।


काठमाडौंमा जारी ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा श्रेष्ठले उक्त स्वर्ण जितेर नेपालको नाम उच्च बनाएकी छिन । 


दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सञ्चालन भइरहेको प्रतियोगितामा रजनीले महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा भारतकी सविता बानियालाई पराजित गर्दै स्वर्ण जितेकी हुन । 


तेश्रो स्थानमा भियतनामकी दिन्ह किम लोन रहिन । यो सहित हालसम्म नेपालले ३ स्वर्ण जितेको छ ।


नेपालले अहिलेसम्मको नतिजामा ३ स्वर्ण ६ रजत र ३ कास्य पदक जितेको छ । नेपालले आज अब ४ विधामा प्रतिस्पर्धा गर्नेछ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD