६ बैशाख २०८१, बिहिबार
Header

रंगशालाबाट ‘नेपाल भ्रमण वर्ष २०२०’ उद्घाटन हुने


प्रकाशित: विहिवार, १० पुष २०७६, १८ः४० बजे
- महानगरखवर

काठमाडौं । ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक उद्घाटन काठमाडौंको दशरथ रंगशालाबाट हुने भएको छ । 


सरकारले भ्रमण बर्षलाई राष्ट्रिय महोत्सवको रुपमा मनाउने तयारी गरेको छ । सन २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिदैँछ । 


राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्नेछिन । सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।


भ्रमण वर्ष सचिवालयका अनुसार राजधानीमा दशरथ रङ्गशालासँगै सातै प्रदेशका मुख्य मन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको शुभारम्भ गर्नेछन ।  


भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको पर्यटन मन्त्रालयले जनाएको छ । उद्घाटन कार्यक्रममा मार्चपास, विविध सांस्कृतिक प्रस्तुति हुनेछन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD