८ बैशाख २०८१, शनिबार
Header

यो हाम्रो अन्तिम नीति तथा बजेट कार्यक्रम होः प्रमुख शाक्य


प्रकाशित: मंगलवार, २४ जेठ २०७८, १५ः३० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेट कार्यक्रम अन्तिम भएको बताएका छन । 


सोमवार राष्ट्रिय सभागृहमा बसेको ६१ औँ कार्यपालिका बैठकलाई सम्वोधन गर्दै प्रमुख शाक्यले सो कुरा बताएका हुन । उनले ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर आगामी बजेट तथा नीति तथा कार्यक्रमबारे राय–सुझाव लिने समेत बताए । 


प्रमुख शाक्यले सबै वडाका जनप्रतिनिधिको राय–सुझावसहितको आगामी आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणको योजना बनाएको सुनाए । 


आगमी असार २ गतेबाट काठमाडौँ महानगरको नवौँ अधिवेसन सुरु हुने भएकोले सो अघि नै आ–आफ्ना वडाको विकास निर्माणका लागि नीति तथा कार्यक्रम र बजेटमा के–के समावेश गर्नुपर्ने हुन्छ । 


बैठकले कोभिडको संक्रमण न्युनीकरण, रोकथाम र नियन्त्रणका लागि गरिएका कामका बारेमा पनि समीक्षा गरेको थियो ।  यो पटक सरकारी र सामुदायिक अस्पतालको क्षमता विकासमा सहयोग गरेको प्रमुख शाक्यले बताए । 


बैठकले सिटी लाइव्रेरी सञ्चालन तथा व्यवस्थापन कार्यविधि र सम्पदामैत्री भवन निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि–२०७८ तर्जुमा गर्न सहमति दिएको छ । 


बैठकले जुडो हलमा सौर्य बत्ती जडान कार्यका लागि म्याद थप गर्ने, त्रिलोक संरचनाले राखेका ३९ वटा बस स्ट््याण्डको ५ बर्षका लागि ९० लाख रुपैयाँ रोयल्टी निर्धारण गरेर म्याद थप गर्ने निर्णय गरेको छ । 


यसैगरी पूर्वाधार क्षेत्रअन्तर्गत विभिन्न वडाका ढल र सडक निर्माणका लागि गरिएको बोलपत्रमा नभएका काम सम्बन्धि भेरिएसन र वडा ८ को खरीबोट सडक मार्गमा सडक र ढल दुवै कामका लागि बोलपत्र भएकोमा स्थानीयबाट सडक मात्र निर्माण गर्ने माग भएपछि ढल निर्माण नगर्दाको कम रकम सम्बन्धि भेरिएसन स्वीकृत गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD