१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

यो शनिवार पनि काठमाडौं र ललितपुरका यी स्थानाहरुमा बत्ति अवरुद्ध हुने


प्रकाशित: शुुक्रवार, १५ भाद्र २०८०, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । टेकुु सबस्टेशन स्तोरन्नतीको कार्यहरु भईरहेकोले यो शनिवार १६ गते काठमाडौं र ललितपुरका विभिन्न फिडरबाट विधुुत अबरुद्ध हुने भएको छ । 


नेपाल विद्युत प्राधिकारणको लप्सीफेदी तथा चांगुनारायण सबस्टेशन निर्माण आयोजनाले प्रकाशित गरेको सुचना अनुसार शनिवार रत्नपार्क, कुलेश्वर, पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरूमा बिहान १० बजेदेखि साँझ साढे ६ बजेसम्म विद्युत आपूर्ति अवरूद्ध हुने छ । 


टेकु सबस्टेसनमा ट्रान्सफर्मर पुरानै स्वीचगियरमार्फत चार्ज गर्न स्युचाटार के–थ्री ६६ केभी प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएकाले के–थ्री सबस्टेसन तथा सो सँग सम्बन्धित स्विचिङ स्टेसनहरूबाट आपूर्ति भइरहेको विद्युत् अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex