१६ चैत्र २०८०, शुक्रबार
Header

यो बर्ष ६.८ प्रतिशतले आर्थिक वृद्धिदर हुने


प्रकाशित: शुक्रवार, १३ बैशाख २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । केन्द्रिय तथ्यांक विभागले यो बर्ष आर्थिक बृद्धिदर ६.८ प्रतिशत हुने जनाएको छ । 


चालु आर्थिक वर्षको हालसम्म उपलब्ध तथ्यांक र बाँकि अवधिको अनुमानका आधारमा ६.८१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण केन्द्रीय तथ्यांक विभागले गरेको हो । 


गत वर्षको वास्तविक आर्थिक वृद्धिदर ६.२९ रहेको थियो । यो गत वर्ष भन्दा ०.५२ प्रतिशतले बढी हो । 


विशेषगरी व्यापार र निर्माण क्षेत्रमा भएको ठूलो वृद्धिदरले उच्च आर्थिक वृद्धिदर कायम हुने विभागको ठहर छ ।


गएको तीन वर्षदेखि नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि कायम भइरहेको छ । बजेटमा ८ प्रतिशतको वृद्धि हुने अनुमन गरिएको थियो, त्यसभन्दा १.१९ प्रतिशतले कम भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD