काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोरखरीमा २५औं भूकम्प सुरक्षा दिवस मनाउने भएको छ ।
आगामी माघ २ गते सोमवार महानगरले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संयोक्त्वमा गठित मुल समारोह समितको व्यवस्थापन बमोजिम महानगरले कमलपोखरीमा मनाउने निर्णय गरेको हो ।
बैठकले काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गर्ने निर्णय गरेको थियो ।
यस बर्षका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारा तय गरेको छ ।
१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ ।
२०५५ सालदेखि हरेक बर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।
Categorized in राष्ट्रिय