१ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

यो बर्षको मनसुन नेपाल भित्रियो


प्रकाशित: शुक्रवार, १६ जेठ २०८२, १६ः५० बजे
- महानगरखवर

काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको कछ ।


शाखाका अनुसार बिहीबार रातिदेखि नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू–भागमा विस्तार भइसकेको छ । 


महाशाखाले शुक्रबार बुलेटिन जारी गर्दै कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको जनाएको छ । यस वर्षको मनसुनमा सरदरभन्दा बढी पानी पर्ने र क्षति पुग्ने पूर्वानुमान गरिएको छ ।


पूर्वतयारीका लागि कार्ययोजना पारित गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले बताएका छन् ।


प्राधिकरणले यो वर्ष मनसुन्जन्य विपद्बाट देशैभरि करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जनसंख्या प्रभावित हुने आकलन गरेको छ ।

 
जसमा कुल जनसंख्याको आधाभन्दा बढी अर्थात् १० लाख २९ हजार जना (५२ प्रतिशत) महिला प्रभावित हुने आकलन गरिएको छ भने प्रभावित हुने पुरुषको जनसंख्या ९ लाख ६९ हजार जना छ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex