काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार नेकपाका युवा नेता योगेश भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा नियुक्त गरेको छ ।
मन्त्री भट्टराईले सपथ ग्रहण लगत्तै आफ्नो कार्यभार सम्माहालेका छन । उनले आफू पूर्व पर्यटनमन्त्री स्व.रविन्द्र अधिकारीको उत्ताराधिकारी भएको दावी गरेको छन ।
परिस्थितीले आफु यस कुर्सीमा बस्न आएको मन्त्री भट्टराईले बताउँदै आफूभन्दा अग्रजको सल्लाह र साथ लिएर अघि बढने प्रतिवद्धता गरेका छन ।
तत्कालीन पर्यटनमन्त्री अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि प्रधानमन्त्री ओली आफैंले यो मन्त्रालय सम्हाल्दै आएका थिए ।
भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन ।
Categorized in राष्ट्रिय