काठमाडौं । नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राको साइत सार्वजनिक गरेको छ ।
समितिका अनुसार इन्द्रजात्राका लागि वन यात्रा जाने साइत भदौ २८ गते बिहान ९ः५३ बजे र रुख काट्ने साइत राति ८ः४७ बजे रहेको छ । भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिंगोका लागि रुख काट्ने परम्परा छ ।
लिंगो नगर प्रवेश गराउने साइत असोज ३ गते बिहान ८ः०५ बजे र इन्द्रध्वजोत्थान असोज ७ गते बिहान ७ः४७ बजे रहेको समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
इन्द्रजात्राको मुख्य दिन असोज ९ गते तल्लो टोलमा र असोज १० गते माथिल्लो टोलमा रथयात्रा हुनेछ ।
असोज १३ गते नानीचा यात्रा गरी राति ९ः२५ बजे इन्द्रध्वजाको लिंगो ढालिनेछ । लिंगो ढालेपछि इन्द्रजात्रा समापन हुनेछ ।
Categorized in सम्पदा/संस्कृति