१६ चैत्र २०८०, शुक्रबार
Header

येयाँ (इन्द्रजात्रा) तयारी, योसिँ ‘लिङ्गो’हनुमानढोका ल्याइयो


प्रकाशित: आईतवार, १९ भाद्र २०७९, १९ः१० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौंको ऐतिहासिक जात्रा येयाँ (इन्द्रजात्रा) तयारी सुरु भएको छ ।


वर्षा र सहकालका देवता इन्द्रको पूजा गरी मनाईने इन्द्रजात्रा काठमाडौंमा भव्यरुपमा मनाईन्छ । चारदिन अघि भोटोहिटीमा ल्याएको योसिँ ‘लिङ्गो’ आइतबार असन, बालकुमारी, इन्द्रचोक हुँदै हनुमानढोका परिसर पुराएको हो । 


परम्परागत रूपमा नेवाः समुदायले मनाउने इन्द्रजात्रा भाद्र शुक्लपक्ष द्वादशीको दिनदेखि आठ दिनसम्म बिभिन्न नाचगान र रथजात्रा गरी मनाइन्छ । यो बर्ष भाद्र २४ गते शुक्रवारका दिन येयाँ जात्रा परेको छ । 

 


यस जात्राको प्रमुख कार्य लिंगो स्थापना हो। हनुमान ढोका दरवार क्षेत्रमा ध्वजापताकाले सजाइएको लिंगो ठड्याउने प्रचलन छ । काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जंगलबाट रूख काटेर लिंगो बनाउने काठ काठमाडौं ल्याइन्छ ।


यसलाई एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ । विगत वर्षमा जङ्गलदेखि मानन्धर समुदायका गुठीयारले अरनिको राजमार्ग हुँदै तानेर ल्याउने भोटाहिटीसम्म ल्याउने प्रचलन थियो ।


तर कोभिड– २०१९ को माहामारीदेखि गाडीमार्फत भोटाहिटीसम्म पुराउने गरिएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठडयाइएपछि जात्रा सुरू हुन्छ ।


इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD