२२ बैशाख २०८१, शनिबार
Header

येँया जात्राः कुमारी रथ घुमाईने यी स्थानहरुमा आज सवारी प्रवेश निषेध


प्रकाशित: शुक्रवार, १२ असोज २०८०, १०ः१० बजे
- महानगरखबर

काठमाडौैं । येँया जात्रा (इन्द्रजात्रा)को चोथो दिन शुक्रवार कुमारी रथ घुमाईने विभिन्न स्थानमा सवारी निषेध गरिएको छ । 


शुक्रवार बेलुका कुमारी रथ थने याः (माथिल्लो) टोलका मार्गहरुमा कुनै पनि सवारी साधान आवगमनमा रोक लगाएको छ । 


माथिल्लो टोलका भित्री ठाउँहरु आज बसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्म रथयात्रा हुने भएकाले त्यस क्षेत्रमा सवारी साधन प्रवेश निषेध गरिएको हो ।


यस अवसरमा बैकल्पिक बाटो प्रयोग गर्न काठमाडौं महानगरपालिकाले अनुरोध समेत गरेको छ ।

 
हिजो रथ क्वने याः (तल्लो टोल)हरु बसन्तपुरबाट सुरु मरु, चिकमुुगल, जैशीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान, मरु हुँदै बसन्तपुर ल्याएको थियो । 


 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD