२५ बैशाख २०८१, मंगलबार
Header

येँया (इन्द्रजात्रा) को तयारी पुरा, अमेरिका र चीनबाट पाहुना आउनेः प्रवक्ता मानन्धर


प्रकाशित: सोमवार, ८ असोज २०८०, १७ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रवक्ता एंव कामपा १७ वडा अधयक्ष नविन मानन्धरले इन्द्रजात्राको पूर्व तयारी बारे बताएका छन ।


भोली मंगलवार विहान १० बजेर ३७ मिनेटको शुभसाईतमा हनुमानढोका राखिएको यःसिं (लिंगो) उठाएर इन्द्रध्वजोत्थान भएसँगै जात्रा सुरु हुन्छ ।

 
महानगरपालिकाले सोमवार एक पत्रकार सम्मेलन गरेर इन्द्रजात्राको तयारी र व्यवस्थापनबारे जानकारी दिएका छन । 


सो अवसरमा प्रवक्ता मानन्धरले इन्द्रजात्रा व्यवस्थापन समितिसँग सहकार्य गरेर जात्रा सञ्चालनको कार्यक्रम गरिरहेको जानकारी दिएका छन ।


एनले यसपटक इन्द्रजात्रा अवलोकन गर्न विदेशी २० जना र स्वदेशी २२ जना पाहुना आउने निश्चित भएको पनि बताए ।

 
अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाहुना आउने उनको भनाइ छ । ती पाहुनाहरुलाई ईन्द्रजात्रा अवलोकन हुने रूटमा पर्ने हनुमान ढोका केन्द्रित सम्पदा पदयात्रा, हाँडीगाउँ, स्वयम्भू र भक्तपुर दरबार क्षेत्रको समेत अवलोकन गराउने तयारी भइरहेको प्रवक्ता मानन्धरले बताए । 


जात्राको गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालबाट भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो । 


महानगरसँग भागिनी सम्बन्ध भएको अन्तर्राष्ट्रिय सहरमध्ये चीन पहिलो र त्यसपछि अमेरिका दोस्रो हो । 


अमेरिकाको बोल्डर, फेडरिकवर्ग, युजिन र रोचेस्टर नगरसँग महानगरको भागिनी सम्बन्ध रहेको छ भने चीनको सियान, ल्हासा, सेन्जेन, नान्जिन, छेङदु, जिन्झाउ र लान्चाओ रहेका छन । 
त्यसैगरी, जापानको मात्सुमोता, दक्षिण कोरियाको सिउल, वेलारुसको मिन्सक, भारतको बराणसी रहेका छन । 


देशभित्र भने महानगरको ५ वटा नगरहरुसँग भागिनी सम्बन्ध रहेको छ । धनकुटा जिल्लाको पाख्रिवास, बागमित प्रदेशको सिन्धुपाल्चोक नगरपालिका, नवलपरासीको बर्दिघाट पश्चिमको रामग्राम नगरपालिका, कर्णाली प्रदेशको चन्दननाथ नगरपालिका र सुदुरपश्चिम डडेलधुरा जिल्लाको अमगरगढी नरपालिका हुन ।  


असोज ११ गते इन्द्रजात्राको मुख्य दिन भएोले भएकाले व्यवस्थापन समितिले विशेष सुरक्षा बढाएको छ । सो दिन एक सय ८० स्वयंसेवक परिचालन गरी जनपथ र सशस्त्र प्रहरी तथा  महानगरको प्रहरीले विशेष सुरक्षा दिने छ । 


असोज १५ गते नानिचा याः अर्थात अन्तिम दिन हनुमानढोका परिसर, प्याफल, नरदेवी, किलाघः, भेडासिंह, वंध(इन्द्रचोक) र मखन क्षेत्रमा सवारी निषेध गरिएको छ ।

 
असोज १० गते जीवित देवदेवी कुमारी, गणेश र भैरवको पूजा गरी रथयात्रा गराउने साइत छ । त्यस्तै, जात्राको अन्तिम दिन १५ गते जात्रासँगै राति ८ बजेर ३७ मिनेटमा लिङ्गो ढाल्ने कार्यक्रम रहेको प्रवक्ता मानन्धरले जानकारी दिए । 


जात्रामा राष्ट्र प्रमुख श्री गणेश, श्री भैरव र श्री कुमारीको दर्शन गर्ने परम्परा रहेको छ । यो प्रचलन मल्ल राज जय प्रकाशका पालादेखि चलिआएको विश्वास गरिन्छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD