५ श्रावण २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

येँया (इन्द्रजात्रा) कार्यक्रम सार्वजनिक


प्रकाशित: बुधवार, ५ भाद्र २०८२, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्रा पर्वका लागि हुने प्रमुख कार्यक्रमको तालिका सार्वजनिक गरेको छ ।


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पठाइएको पत्रमा समितिले इन्द्रजात्रा पर्वसँग सम्बन्धित प्रमुख गतिविधिहरूको मिति र समय उल्लेख गरेको छ ।


भिडियो लिंकःयेँया (इन्द्रजात्रा) कार्यक्रम सार्वजनिक


कार्यक्रमः


१) वनयात्राः २०८२ भाद्र ९ गते सोमबार, बिहान ९ः४६ बजे


२) बृक्षकर्तनः २०८२ भाद्र ९ गते सोमबार, राति ९ः ०३ बजे


३) लिङ्गो नगर प्रवेशः २०८२ भाद्र १५ गते आइतबार, बिहान ९ः५२ बजे


४) इन्द्र ध्वजोत्थानः २०८२ भाद्र १९ गते विहीबार, बिहान १०ः३१ बजे


५) कुमारी यात्राः २०८२ भाद्र २१ गते शनिबार (तल्लो टोल यात्रा)


२०८२ भाद्र २२ गते आइतबार (माथिल्लो टोल यात्रा)


६) नानिचा यात्राः २०८२ भाद्र २६ गते विहीबार


७) इन्द्रध्वज पतनः २०८२ भाद्र २६ गते विहीबार, राति १०ः१२ बजे


समितिले सार्वजनिक गरेको तालिकाअनुसार, इन्द्रजात्रा पर्व भाद्र ९ गतेदेखि सुरु भई भाद्र २६ गतेसम्म विभिन्न धार्मिक र सांस्कृतिक गतिविधिसहित सम्पन्न हुनेछ ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex