२३ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

येँया (इन्द्रजात्रा) अवलोकन गर्न अमेरिका, भुटान र माल्दिभसबाट आए पाहुना 


प्रकाशित: शुक्रवार, २४ भाद्र २०७९, १०ः२० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकाको विश्व प्रसिद्ध जात्रा येँया (इन्द्रजात्रा) को पहिलो दिन धुमधामसँग मनाईदैछ । 


आज (शुक्रवार) जात्राको पहिलो दिन हनुमानढोका बसन्तपुर दरवारमा हजारौ उपत्यकावासीहरुको उपस्थितीमा जात्रा मनाईन्छ । 


काठमाडौं महानगरपालिकाको निमन्त्रणामा इन्द्रजात्रा अवलोकनका लागि काठमाडौं महानगरपाकिलासँग भागिनी सम्बन्धका राष्ट्रहरु अमेरिका, माल्दिभ्स र भुटानबाट पाहुनाहरु आईसकेको महानगर प्रवक्ता नविन मानन्धरले जानकारी दिए । 


उनले भने,‘ पाहुनाहरु आउने क्रमम जारी रहेपनि अहिले तीन वटा देशका पाहुनाहरु आईसकेका छन, आज उपत्यकाका विभिन्न नगरिपालिका नगर प्रमुख, उपप्रमुखहरुको उपस्थिती हुन्छ ।’


महानगरका पूर्व प्रमुख विद्यासुन्दर शाक्यको पालामा पहिलो पल्ट महानगरसँग भागिनी सम्बन्ध भएका राष्ट्रका नगर प्रमुखहरुलाई इन्द्रजात्रा अवलोकनको लागि बोलाउने परम्परा सुरु भएको हो । 


जात्राको पहिलो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, विभिन्न देशका राजदूतहरुले जात्राको अवलोकन गर्ने छ ।


आज बसन्तपुरबाट रथ तानेर काठमाडौंको जैशिदेवल, ज्यावहाल, लगन, ब्रम्होटोल, कोहीटी, भिमसेनथान हुँदै फेरि बसन्तपुर ल्याएर टंगाईन्छ । 


फाईल तस्वीर

asteriskhubs
Home Page Bottom Second


maharjan complex