काठमाडौं । येँयाः (इन्द्रजात्रा)को चौथो दिन आज बुधवार थःनेयाः (माथिल्लो सहर) मा रुट यात्रा गराइनेछ ।
दिउँसो बसन्तपुरबाट रथ यात्रा सुरु भइ प्याफः, यतखा, ङत, न्हयोखा, थायमदु, अंस, वघः, मखं, हनुमानढोका हुँदै बसन्तपुर आएर रुट यात्रा सकिन्छ ।
काठमाडौं महानरपालिकाले आज हुने रथयात्रा परिक्रमा मार्गका सांस्कृतिक क्रियाकलापलाई सरल र सहज बनाउन आवागमन सहजीकरणका लागि अनुरोध गरेको छ ।
रथ यात्रासँगै धार्मिक, सांस्कृतिक र सामाजिक बिभिन्न क्रियाकलापहरू सञ्चालन हुने भएकोले आवागमनको बैकल्पिक मार्ग रोज्न भनिएको छ ।
हेरौ रुटः
Categorized in सम्पदा/संस्कृति