१९ आश्विन २०८३, सोमबार
Header

यू–टुयुवले भेटाई दियो ४० बर्ष बेपत्ता भाई !



काठमाडौं । सोसल मिडिया यू–टुयुवमा भाईरल भएको एक भिडियोले भारतको मणिपुरबाट ४० बर्ष अघि अचानक बेपत्ता भएको एक व्यक्ति भेटिएको खवर विभिन्न पत्रपत्रिकाहरुमा प्रकासित भएको समाचारको विषय बनेको छ ।
माणिपुरबाट सन् १९७८ मा २६ बर्षको उमेरमा खोमद्राम गंभिर सिंह नाम गरेको ती व्यक्ति हराएपछि परिवारबाट सदाको लागि सम्पर्क विच्छेद भए जस्तो भएको थियो ।
केही दिन अघि गंभिर परिवारले यू–टुयुवमा सडकमा हिन्दी गीत गाउँदै गरेको एक व्यक्ति देखिपछि छक्क परेका थिए । मुम्बईको सडकमा पेट पाल्नको लागि गीत गाउँदै हिड्ने व्यक्ति आफ्नै भाई गम्भीर भएको खोमद्राम कुलचन्द्रले अंग्रजी पत्रिकार द हिन्दुलाई वताएका थिए । 
मुम्बईमा बस्ने फिरोज शकिर सो भिडियो सोसल मिडियामा शेयर गरेपछि वाईरल भएको थियो । मुंबई पुलिसको सहयोगले गम्भिर सिंहले ४० बर्षपछि आ—आफ्नो परिवार भेटेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex