७ बैशाख २०८१, शुक्रबार
Header

यूनाइटेड इन्स्योरेन्सले भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरे


प्रकाशित: सोमवार, ३२ साउन २०७८, १९ः५० बजे
- महानगरखवर

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले सोमवर भर्चुअल माध्यमबाटआफ्नो  को २७ औं वार्षिक साधारण सभा सम्पन्न गरेका छन ।  


सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।


साधारणसभामा कम्पनीले आ. व ०७७/०७८ को आषाढ मसान्त सम्मको नाफानोक्सान हिसाव, वासलात, नगद प्रभाह विवरणको बारेमा जानकारी उपलब्ध गराएका छन । 


सभामा कम्पनीले मुनाफा आर्जनमा ३०० प्रतिशत भन्दा बढिले वृद्धि गर्न सफल भएको जानकारी गराएको छ । कम्पनीले प्रकाशित गरेको आ. व. ०७७/०७८ को चौथो वित्तीय विवरण अनुसार कम्पनीले बीमाशुल्क आर्जनमा ५१.२५ प्रतिशतले वृद्धि गर्दै पहिलो पटक बीमा क्षेत्रको अर्व क्लबमामा प्रवेश गर्न सफल भएको छ । 


कुल बीमाशुल्क आम्दानी रु. ६९,८९,०३,९८३.८२ आर्जन भएको र कम्पनीको चुक्ता पुँजी रु ३०,२४,००,०००।०० मा २४० प्रतिशतले वृद्धि गरी १,०२,८१,६०,०००.०० भएको जानकारी गराईएको छ । 


साधारणसभाले आर्थिक वर्ष ०७७।०७८ का लागी बाह्य लेखापरीक्षक श्री एम. जि. एस एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD