काठमाडौं । सोसल मिडिया यूट्युबको मुख्यालयमा एक महिला बन्दुकधारीद्धारा गोली प्रहार गरी आत्महत्या गरेका छन् ।
अमेरिकाको क्यालिफोर्नियास्थित रहेको मुख्यालयमा गोली चलाएर तीन जनालाई घाइते बनाएकी ती महिलाले आफैलाई गोली हानेर आत्महत्या गरेको अधिकारीहरुले बताएका छन् ।
सीबीसीएस न्यूज रिपोर्टका अनुसार गोली लागेर घाइते भएकाहरुको अस्पतालमा उपचार जारी छन भने ती घाईते मध्ये घाइते भएका ३६ वर्षका एक युवक आक्रमणकारी महिलाको ब्वाएफ्रेण्ड भएको बुझिएको छ ।
गोली चलाउनुको कारण खुलेको छैन । प्रहरीले आक्रमणको अनुसन्धान भइरहेको जनाएको छ ।
आक्रमणपछि यूट्युबको मुख्यालय बन्द गरिएको छ । यूट्युबको प्रोडक्ट म्यानेजर टाड शर्मनले ट्विट गर्दै लेखेका छन् “भूकम्प जस्तो लागेको थियो तर अवस्था गम्भिर रहेछ ।”
यूट्युब मुख्यालयमा करिब १ हजार ७ सय कर्मचारीहरु काम गर्दछन् ।
Categorized in अन्तर्राष्ट्रिय