काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति मुन जे ईन र उत्तर कोरियाली राष्ट्रपति किम जोंग इन उन विच भएको बार्तामा किम परमाणु निशस्त्रीकरण कार्यक्रम बन्द गर्न तयार भएको छ ।
बैठकमा उत्तर कोरियाली राष्ट्रपति किम न्यूक्लियर टेस्टिंग साईट र लन्च साईट बन्द गर्न सहमत भएको दक्षिण कोरियाली राष्ट्रपति मुनले बताएको छ ।
किमले मुनसँग भएको सहमतिले कोरायाली प्रायद्धिपमा शान्ति स्थापनाको लागि महत्वपूर्ण कदम भएको जनाएको छ ।
त्यसैगरी किमले आगामी दिनमा सियोलको यात्रा गर्ने इच्छा व्यक्त गरेका छन् ।
यस वार्ताले अमेरिकासँग पुनः वार्ताको लागि वातावरण बन्ने विश्वास राजनीतिज्ञ विश्लेषकहरुको अनुमान छ ।
Categorized in अन्तर्राष्ट्रिय