८ बैशाख २०८१, शनिबार
Header

यूएनको पाँच महिलाको उत्कृष्ट कथामा परिन डा. रुना झा


प्रकाशित: शनिवार, २० बैशाख २०७७, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । कोभिड–१९ नियन्त्रणका लागि फ्रन्ट लाइनमा रहेर उत्कृष्ट काम गर्ने पाँच महिलाको कथामा नेपालकी डा. रुना झा पनि परेकी छिन ।


संयुक्त राष्ट्रसंघको यूएन वुमेनले सार्वजनिक गरेको पाँच महिलामा डा. झाको नाम पनि परेको छ । 


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुको निर्देशक डा. झा यतिखेर नेपालमा कोभिड– १९ नियन्त्रण तथा रोकथामको कार्यमा फ्रन्टलाईनमा रहेर काम गरि रहेकी छिन ।


उनी र उनको टोलीले औसतमा दैनिक ७० ओटा नमुना परीक्षण गर्ने गरेको छ । 


चीनको वुहानबाट ल्याइएका १७५ नेपाली विद्यार्थीलाई राखिएको क्वारेन्टाइनमा दिनरात खटेर पहिलो पल्ट उनीहरुको रिपोर्ट तयारी पारेकी थिईन । 


नेपालमा यसको महामारी बढेपछि कामको चाप वढेसँगै उनी परिवारवाट टाढा भएकी छिन तर पनि सबैको सुरक्षाको लागि आफ्नो चाहनासँग सम्झौता गर्नुपरेको डा. झा वताउँछिन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD