२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

यु–१९ महिला विश्वकप टिमको घोषणा 


प्रकाशित: आइतवार, २१ पुस २०८१, १०ः१० बजे
- महानगरखवर

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी यु–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । 


शनिवार क्यानले पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । टोलीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार रहेकी छिन ।


त्यसैगरी, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव रहेका छन् ।


गत महिना भएको यु–१९ एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । यु–१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदैछ । 


नेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड समेत रहेका छन् । नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग खेल्ने छ । 


नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।


फाइल तस्वीर

5 January 2025, Sunday

asteriskhubs
Home Page Bottom Second


maharjan complex