१६ चैत्र २०८०, शुक्रबार
Header

युक्रेनमा युद्ध रोक्न रुसी दुतावास आगाडी प्रदर्शन


प्रकाशित: बुधवार, ११ फागुन २०७८, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । युक्रेनमा युद्ध रोक्न र शान्ति प्रवद्र्धनको लागि बालुवाटारस्थित रुसी राजदूतावास अगाडी प्रदर्शन भएको छ । 


मानव अधिकार तथा शान्ति समाजले बुधवार दिउँसो विशेष आग्रहसहित प्लेकार्ड र व्यानरसहित प्रदर्शन गरेका हुन । आघा घण्टासम्म गरिएको प्रदर्शनमा शान्तिवादीले रूस–युक्रेनमाथि अतिक्रमण बन्द गर, तत्काल सैनिक फिर्ता गर, युद्व रोक, शान्ति प्रवद्र्धन गर भन्दै ध्यानाकर्षण गराएका थिए ।


रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र नेपालस्थित रूसी राजदूतावासका अधिकारीलाई प्रदर्शन पश्चात मानव अधिकार तथा शान्ति समाजका तर्फबाट हस्तान्तरण गरिएको थियो । 


प्रदर्शनमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकारहरु होमकान्त चौलागाई र उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल,महासचिव रामकृष्ण बराल, पूर्व उपसभापति रेनुका पौडेललगायत थिए । 


तस्वीर सौजन्यः शान्ति समाज
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD