११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

युक्रेनको पक्षमा नेपाल 


प्रकाशित: मंगलवार, १्‌३ फागुन २०८१, १४ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपालले संयुक्त राष्ट्र संघको महासभामा ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ भन्ने प्रस्तावको पक्षमा मतदान गरेको छ ।


युक्रेनमा रुसी आक्रमण चलेको तीन वर्षपछि राष्ट्र संघ महासभाले प्रस्ताव पारित गरेको हो ।


दुई वर्षअघि पनि राष्ट्रसंघमा मतदान हुँदा नेपालले युक्रेनको पक्ष लिएको थियो ।  


युक्रेनकोे विपक्षमा अमेरिकाले मतदान गरेपछि विश्वभरि अमेरिकी मान्यता बदलिएको प्रसंगबारे चर्चा सुरु भएको छ ।


अमेरिकासँगै रुस, उत्तर कोरिया, बेलारुस लगायतले विपक्षमा मतदान गरेका छन् । जर्मनी, बेलायत, फ्रान्सलगायत देश पक्षमा छन् ।

 

24 Ferbury 2025, Tuesday

asteriskhubs
Home Page Bottom Second


maharjan complex