काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राष्ट्रपतिको पद छाड्न तयार रहेका बताएका छन ।
आइतबार किभमा पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले त्यसका लागि युक्रेनमा शान्ति र यसको सुरक्षा सुनिश्चित हुनुपर्ने तथा नेटो सैन्य गठबन्धनमा समावेश गर्नुपर्ने सर्त राखेका छन ।
’नेटो सैन्य गठबन्धनमा युक्रेनलाई समावेश गर्ने हो भने म तत्काल राष्ट्रपति पद छाड्न सक्छु,’ उनले भने ।
यस अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई यसअघि ’तानाशाह’ भनेपछि प्रतिक्रिया दिँदै जेलेन्स्कीले आफू ट्रम्पले भनेको जस्तो तानाशाह पनि नभएको बताए ।
युक्रेनमा सन् २०१९को चुनावबाट जेलेन्स्की राष्ट्रपति चुनिएका थिए। उनको कार्यकाल २०२४ मा सकिने थियो । तर युक्रेन अहिले रूससँग युद्धमा रहेका कारण त्यहाँ चुनाव हुन सकेको छैन ।
जेलेन्स्कीले पत्रकारहरुसँग कुरा गर्दै युक्रेनको सुरक्षाका लागि युरोप र अमेरिका दुवै आवश्यक रहेको पनि बताएका छन ।
उनले अमेरिकासँग खनिज सम्झौता गर्न पनि आफू तयार भएको तर रूसले युक्रेनमा आगामी दिनहरूमा आक्रमण नगर्ने निश्चित हुनुपर्ने उल्लेख गरे ।
23 Ferbury 2025, Monday
Categorized in अन्तर्राष्ट्रिय