काठमाडौं । नेपालको आवुधाबीस्थित नेपाली दूतावासले अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकहरूको तलब स्केल सार्वजनिक गरेका छ ।
युएई जाने नेपाली श्रमिकहरूको न्यूनतम तलबमा वृद्धि गरेको छ । नयाँ स्केल अनुसार, अदक्ष श्रमिकहरूको मासिक न्यूनतम तलब १४०० दिराम निर्धारण गरिएको छ, जुन ८०० दिरामबाट बढाइएको हो ।
नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले यसअघि पनि युएई जाने नेपाली कामदारको न्यूनतम तलब १००० दिराम निश्चित गर्ने निर्णय गरेका थिए ।
नयाँ तलब–स्केल सार्वजनिक भएपछि, गैरआवासीय नेपाली संघ (एनआरएन) युएई, म्यानपावर व्यवसायीहरू र अन्य सरोकारवालाहरूले यसलाई स्वागत गरेका छन ।
एनआरएनए युएईका महासचिव भुवनकुमार वाग्लेले भने, ूहुनुपर्ने त १५०० दिराम नै थियो, तर १००० भन्दा १४०० दिराम निकै राम्रो सुधार हो ।
अब यो कार्यान्वयनमा ल्याउन सरकार र कूटनीतिक नियोगको विशेष ध्यान जानुपर्छ ।
अघिल्लो वर्ष, नेपालले युएई जाने श्रमिकहरूको न्यूनतम तलब ८०० दिरामबाट १००० दिराम पुर्याएको थियो, जसका कारण उनीहरूको पारिश्रमिक अन्य मुलुकका कामदारसँग तुलनात्मक रूपमा कम थियो ।
फिलिपिनी श्रमिकहरूले १५०० दिरामको न्यूनतम तलब प्राप्त गर्दै आएका छन, जसका कारण नेपाली श्रमिकहरूको तलबमा सुधारको आवश्यकता विशेष गरी महसुस भएको थियो।
सम्पूर्ण प्रक्रियामा अब सरकार र कूटनीतिक नियोगले सक्रिय कदम चाल्नुपर्ने आवश्यकता रहेको सरोकारवालाहरूको भनाइ छ ।
अन्य श्रेणीका कामदारहरूको तलब पनि वृद्धि गरिएको छः
अदक्ष श्रमिकः न्यूनतम तलब १००० दिराम र खाना खर्च ४०० दिराम, कुल १४०० दिराम।
अर्धदक्ष श्रमिकः न्यूनतम तलब १२०० दिराम र खाना खर्च ४०० दिराम, कुल १६०० दिराम।
दक्ष श्रमिकः न्यूनतम तलब १५०० दिराम र खाना खर्च ४०० दिराम, कुल १९०० दिराम।
उच्च दक्षता भएका श्रमिकः न्यूनतम तलब ६००० दिराम र खाना खर्च ४०० दिराम, कुल ६४०० दिराम ।
Categorized in राष्ट्रिय