काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका छन ।
बुधबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले विदेशी आतंकवाद र सुरक्षा खतराबाट अमेरिकालाई जोगाउनुपर्ने भन्दै विभिन्न १२ वटा देशका नागरिकहरूलाई प्रवेश रोक लगाएका हुन ।
प्रतिबन्ध लगाइएका देशहरुमा अफगानिस्तान, म्यानमार, चाड, कंगो, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अन्य ८ मुलुकलाई पनि आंशिक प्रतिबन्ध लगाइएको छ ।
बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकमाथि आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ ।
प्रतिबन्ध लगाइएका देशहरूको सूचीमा थप संशोधन हुन सक्ने पनि ट्रम्पले बताएका छन । उनले प्रतिबन्ध लगाइएको देशहरूको सूचीमा अरू देशहरु पनि थपिन सक्ने भनेका छन ।
यी प्रतिबन्धहरू जुन ९ देखि लागू हुने बताइएको छ। ट्रम्पले यात्रा प्रतिबन्ध लगाइएका यी देशहरुमा आतंकवादको ठूलो उपस्थिति रहेको दाबी गरेका छन ।
Categorized in अन्तर्राष्ट्रिय