२० बैशाख २०८१, बिहिबार
Header

यी १० प्रकारको औषधी उत्पादनमा रोक 


प्रकाशित: मंगलवार, २६ मंसिर २०८०, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । औषधि व्यवस्था विभागले विभिन्न १० प्रकारका औषधि उत्पादनमा रोक लगाएको छ ।


विभागले लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान ५ एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाइएको छ ।


यस्तै, लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन ५ एमजी मेटफर्मिन ८५० एमजी हाललाई उत्पादनमा रोक लगाइएको हो ।


विभागका अनुसार औषधि मुल्याकन समितिबाट प्राप्त रायअनुसार ती औषधिलाई उत्पादनमा रोक लगाएको हो । 


यी औषधिहरु नेपाली कम्पनीबाट उत्पादित औषधिहरु भएको विभागले जनाएको छ । 


यी औषधि मानिसलाई सुरक्षित, प्रभावकारी नभएको र शरीरमा सहन गर्ने क्षमता कम भएको भएको कारण रोक लगाइएको हो । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD