७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

यी हुन नक्कली भुटानी शरणार्थी प्रकरणका फरार १४ जना प्रतिवादी


प्रकाशित: बुधवार, १० जेठ २०८०, १८ः५० बजे
- महानगरखबर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा १४ जना प्रतिवादीहरु फरार रहेको प्रहरीले तयार पारेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

 
बुधवार सो अभियोग पत्रको प्रमाण आधारमा जिल्ला सरकारी वकिल कार्यलयले काठमाडौं जिल्ला अदालतमा मद्दा दर्ता गराएको छ ।


अभियागेमा पत्रमा ३० जना प्रतिवादीमध्ये १४ जनालाई फरार अयिभुक्त हुन । 


काठमाडौ महानगरपालिका–३० का केशव तुलाधार, ललितपुर बुङमतीका लक्ष्मी महर्जन, ललितपुर–१९ का हरिभक्त महर्जन, इटहरी उपमहानगरपालिका–४ घर भइ अमेरिका बस्ने अशोक पोखरेल, मोरङ कानेपोखरी ५ का धिरेन राई फरार प्रतिवादी हुन ।


त्यसैगरी दीपाञ्जली हुमागाईं (हुमागाईं प्रहरीले प्रमुख अभियुक्त भनि किटानी गरेका केशव दुलालकी पत्नि हुन ।), ललितपुर ठेचोका निरज राई, काठमाडौं जीतपुरफेदीका राजेश अर्याल, मोरङ मिक्लाजुङ–६ का मोहनराज राई, बुढानीलकण्ठ १०का आशीष बुढाथोकी, मोरङ शनिश्चरे–१० की बिनिता सामदेव लिम्बु हुन । 


रौतहट फतुहा हर्स –९ का निरन्जरकुमार खरेल, झापा गौरादह–१ का सुनिल बुढाथोकी, चितवनको भरतपुर महानरपालिका–१० का प्रतीक थापा रहेका छन ।


निरज नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री रामबहादुर थापका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा हुन भने प्रतिक थापाको छोरा हुन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex