५ जेठ २०८३, मंगलबार
Nepal Bank AD 2082 mansir

यी वडाहरुले राष्ट्रिय परिचपत्रका लागि विवरण लिन सुरु गरे


प्रकाशित: मंगलवार, १७ माघ २०७९, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौं महानगरका केही वडाहरुले राष्ट्रिय परिचय पत्र बनाउन लागि फोटो खिच्ने र विवरण लिने कार्य सुरु गरेको छ । 


महानगरपालिकाले माघ १० गतेबाट वडाहरुबाट परिचय पत्रका लागि विवरण भर्ने आव्हान गरेपछि वडाहरुले सो कार्य सुरु गरेको हो ।


काठमाडौं महानगरपालिका वडा २५, १९, २२, २७, २८ लगायतका वडाहरुले विवरण भर्ने कार्य सुरु गरेका छन । वडा अनुसार एक दिनमा ५० देखि ७० जनासम्मको विवरण भरिँदैछ । 


कार्यलय समयमा वडावासीले आईतवादेखि विहिवारसम्म विहान १०देखि ४ बजेसम्म र शुक्रवार २ बजेसम्म विवरण दिन सक्नेछ । 


वडाले माग गरेको आवश्यक सक्कल कागजातहरु लिएर जानु पर्ने हुन्छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex