१४ बैशाख २०८१, शुक्रबार
Header

यी बैंकहरु मर्जरमा जान तयार, ठुला बैंकहरुले भने प्रतिद्धता जनाएन


प्रकाशित: सोमबार, २३ असार २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म १६ वटा बाणिज्य बैंकहरुले मर्जरमा जाने प्रतिबद्धता जनाएको छ । 


विकास बैंकहरुमा सांग्रिला विकास बैंकले मर्जरमा जाने प्रतिबद्धता जनाएपनि फाईनान्स कम्पनीहहरुबाट भने मर्जरको प्रतिबद्धता जनाएको छैन । 


१८ वटा बैंक तथा वित्तीय संस्थाले गाभ्ने÷गाभिने वा प्राप्ति गर्ने जाने अवस्थामा रहेको राष्ट्रिय बैंकले जनाएको छ । 


त्यसैगरी लघुवित्त बैंकर्स संघले पनि सबै संस्था मर्जरमा जान तयार रहेको प्रतिबद्धता ब्यक्त गरेको छ ।


हिमालयन, नेपाल इन्भेष्टमेन्ट र नेपाल एसबिआइ बैंक, ले समेत मर्जरका लागि प्रतिबद्धता ब्यक्त गरेका छने ठुला बैंकहरु एभरेष्ट, नबिल, स्ट्यान्डर्ड चार्टर्डले प्रतिबद्धता जनाएका छैनन । 


सनराइज बैंक, सिटिजन्स बैंक, लक्ष्मी बैंक, एनसिसी बैंक, सानिमा बैंक, सिभिल बैंक, माछापुच्छ्रे बैंकम, सेञ्चुरी बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक र मेगा बैंकले पनि प्रतिबद्धता ब्यक्त गरेका छन । 


ग्लोबल र जनता बैंक मर्जरमा जाने सहमति गरिसकेका छन । प्राइम बैंकले कैलश विकास बैंकलाई जोडी छानिसकेको छ ।


तीन सरकारी बैंकका साथै बैंक अफ काठमाण्डू, सिद्धार्थ, प्रभु, नेपाल बंगलादेश बैंक मर्जरमा जाने प्रतिबद्धता ब्यक्त गरेको छैन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD